स्काईवाकमा सबै नेपालीलाई २५ प्रतिशत छुट


टुरिजम पाना काठमाडाैँ । १४ असार २०८१

कमलादीमा स्थित स्काईवाक टावरले सबै नेपालीलाई टावर प्रवेशमा छुटको अफर ल्याएको छ ।

टावर सञ्चालन भएको वर्षदिन पुरा भएको उपलक्ष्यमा नेपाली नागरिकलाई टिकट शुल्कमा २५ प्रतिशत छुट दिन लागेको हो
छुट यही असार १४ गतेदेखि १६ गते सम्म मात्र लागू हुनेछ ।

यस छुटमा स्काई टावरमा जानका लागि प्रतिव्यक्ति ७ सय ५० रुपैयाँ शुल्क तिर्नुपर्छ । अन्य समयमा प्रतिव्यक्ति एक हजार शुल्क तिर्नुपर्छ ।विदेशी नागरिकको हकमा भने प्रतिव्यक्ति १ हजार ६ सय शुल्क तिर्नुपर्छ ।

नेपाली नागरिकको हकमा मात्र छुटको व्यवस्था गरिएको हो । विदेशी नागारिकलाई भने याे छुटको व्यवस्था गरिएको छैन ।

यहाँ विहान ८ बजेदेखि बेलुकी १० बजेम्म जान सकिन्छ । यस टावरमा एकपटकमा ५ सय जना मानिस अट्छन् ।

करिब आध घन्टासम्म यहाँ रहेर हेर्दा रानीपोखरी र घण्टाघर टावरको रोमाञ्चक दृश्य देख्न पाइन्छ । यहाँबाट एयरपोर्टमा जहाज उडाएको तथा जहाज ल्याण्ड भएको दृश्यावलोकन गर्न सकिन्छ ।
स्काइ वाक भएको २५ औँ तला भन्दा माथी जान हार्नेस लगायत सेफ्टी इक्युपमेन्टको आवश्यकता पर्दश जसके थप हजार रुपैयाँ शुल्क लाग्छ ।
टावरमा प्रवेश गर्नका लागि ८० वर्ष माथिका ज्येष्ठ नागरिक र ३ फिट उचाइसम्मको बच्चालाई शुल्क लाग्दैन । ७० देखि ८० वर्षसम्मका ज्येष्ठ नागरिकलाई ५० प्रतिशत छुट रहेको छ ।

 

१४ असार २०८१