बुद्ध एयरले काठमाडौं-सुर्खेतमा एटीआर-७२ जहाज उडान गर्दै


टुरिजम पाना काठमाडाैं । २१ मंसिर २०७९
buddha air flight
फाइल तस्वीर

बुद्ध एयरले अर्को सातादेखि एटीआर-७२ जहाजबाट काठमाडौं-सुर्खेत उडान गर्ने भएको छ ।

आगामी १६ तारिखदेखि बुद्धले सो जहाजबाट काठमाडौं–सुर्खेत उडान गर्ने तयारी गरेको कम्पनीले एक प्रेस विज्ञप्ति जारी गर्दै जानकारी दिएको छ ।

कम्पनीका अनुसार, अहिले बुद्धले काठमाडौं–सुर्खेतमा एटीआर ४३ जहाजबाट उडान गर्दै आइरहेको छ ।

यात्रुहरुको बढ्दो माग र सुविधाका लागि बुध्द एयरले यस गन्तव्यमा पनि एटिआर–७२ जहाजबाट उडान भर्न लागेको कम्पनीले प्रेस विज्ञप्तिमा उल्लेख गरेको छ ।

यस गन्तव्यमा न्यूनतम भाडादर ७ हजार रुपैयाँबाट शुरू हुने र माग अनुसार दैनिक २ उडान पनि बुद्ध एयरले भर्नेछ ।

डिसेम्बर १६ देखि दैनिक बिहान १० बजे काठमाडौँबाट सुर्खेत र ११ः३५ बजे सुर्खेतबाट काठमाडौँको उडान तालिका रहेको बुद्ध एयरले जनाएको छ ।

२१ मंसिर २०७९