टेकअफ लिन नसकेपछि रनवेबाट फर्कियाे बुद्व एयर


टुरिजम पाना काठमाडौं । १३ चैत्र २०७९
buddha air flight
फाइल तस्वीर

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट टेकअफ लिन नसकेपछि बुद्ध एयरको विमान रनवेबाट फर्किएको छ । भैरहवाको लागि उडान भर्न तयार जहाज रनवेबाटै फर्किएको हो ।

सोमबार काठमाडौंबाट भैरहवाको लागि उड्न लागेको उडान नम्बर यू ८४५ को विमानले टेकअफ हुन नसकेपछि रनवेबाटै पार्किङमा फर्किएको हो ।

विमानको इन्डिकेटरमा समस्या आएपछि विमान रनवेबाट फर्काइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएकाे हाे ।

दिउँसो १ बजेर २० मिनेटमा उडान भर्नुपर्ने विमानले २ बजेर ५० मिनेटमा उड्नेक्रममा थियो । रनवेमा गुडेको विमान टेकअफ हुन नसकेपछि रनवेबाट फर्काइएको विमानस्थलले जनाएकाे छ ।

१३ चैत्र २०७९