बच्चा बेहोस भएपछि काठमाडौं आउँदै गरेको बुद्ध एयर पुनःविराटनगर फर्कियाे


टुरिजम पाना काठमाडौं । २३ श्रावण २०८१

विराटनगरबाट काठमाडौं आउँदै गरेको  बुद्ध एयरको जहाज पुनः विराटनगरतर्फ फर्किएको छ ।

बुधबार काठमाडौं आउँदै गरेको ९ एन एएनआई जहाज १८ हजार फिटमाथि उडान गरिरहँदा एक यात्रु (बिरामी बच्चा) बेहोस भएपछि विराटनगर नै फर्किएको त्रिभुवन अन्तर्राष्टिय विमानस्थलले जनाएको छ ।

यात्रु बच्चा बेहोस भएपछि मेडिकल इमरजेन्सी घोषणा गर्दै विमान फर्किएको त्रिभुवन विमानस्थलस्थित बुध्द एयरको कार्यालयले जानकारी दिएको छ ।

२३ श्रावण २०८१