पाइलटहरूको क्षमता विकासका लागि प्राधिकरणको विशेष कक्षा


टुरिजम पाना संवाददाता काठमाडौं । ९ श्रावण २०८०

नेपाली आकाशमा उडान गर्ने पाइलटहरूको क्षमता विस्तारका लागि नागरिक उड्डयन प्राधिकरणले विशेष कक्षा सुरू गरेको छ।

पछिल्लो समय दुर्घटनाहरू बढिरहेको अवस्थामा प्राधिकरणले युरोपियन सेफ्टि एभिएसन एजेन्सी (इयासा) को सहकार्यमा पाइलट र क्रु मेम्बरहरू केन्द्रित कार्यशाला सुरू गरेको हो। अन्तर्राष्ट्रिय स्तरका विज्ञहरू बोलाएर पाइलट तथा क्रु मेम्बरहरूलाई पहिलो पटक तालिम दिइएको प्राधिकरणले जनाएको छ।

काठमाडौंमा सोमबारदेखि सुरू भएको यो तालिम कार्यशाला पाँच दिनसम्म सञ्चालन हुने प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए ।

सूचना अधिकारी भुलका अनुसार पाइलटमा आउने मनोवैज्ञानिक त्रास कसरी कम गर्ने, हवाई दुर्घटनामा पाइलटको तर्फबाट हुने कमी-कमजोरी कसरी घटाउने लगायत विषयमा इयासाका विज्ञहरूबीच परामर्श गरिनेछ।

 

९ श्रावण २०८०