क्याबिन क्रु सँग सहमति, नेपाल एयरलाइन्सका रोकिएका उडान खुले


टुरिजम पाना काठमाडौं । २९ मंसिर २०७९
bayu sewa nigam
फाइल तस्वीर

नेपाल एयरलाइन्सका क्याबिन क्रु हरूसँग सहमति पश्चात बिहीबार बिहानदेखि रोकिएका एयरलाइन्सका उडान सुरू भएका छन्।

निगमको व्यवस्थापन र क्याबिन क्रु बीच भएको छलफलमा करार नविकरण गर्ने र आजैबाट उडान सुचारु गर्ने गरी सहमति भएको निगमले जनाएको छ । यस्तै, व्यवस्थापनले ५० वर्षको बढुवाको सिफारिस पनि निगम सञ्चालकसमक्ष लगिसकेको बताएको छ ।

उडान बन्द गरेर आन्दोलित बनेका नेपाल वायू सेवा निगम क्याविन क्रु संघले आजै विहान मात्र विज्ञप्ति जारी गर्दै आफ्ना माग पुरा नभएसम्म उडान नगर्ने जनाएको थियो ।

करारमा रहेर १५ वर्ष सेवा गरेका दुई जना विमान परिचारिका (आरती महर्जन र स्मिता गुवाजु) लाई बीना कारण सेवामा निरन्तरता नदिएको भन्दै क्याबिन क्रुहरूले बुधबार देखि नै विरोध जनाएका थिए ।

२९ मंसिर २०७९