पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आजदेखि क्यालिब्रेसन फ्लाइट


टुरिजम पाना कास्की । ५ मंसिर २०७९
pokhara international airport
तस्वीर: निवेश बराल/टुरिजम पाना

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन अघि आजदेखि क्यालिब्रेसन फ्लाइट (यान्त्रिक परीक्षण) हुने भएको छ ।

क्यालिब्रेसन उडानका लागि थाई कम्पनीको जहाज शनिबार पोखरा आईसकेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले ५ मंसिर देखि ११ मंसिरसम्म पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको यान्त्रिक परीक्षण उडान गर्ने तालिका स्वीकृत गरेको थियो ।

जसका लागि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा परीक्षण गरेको एरो थाई कम्पनीको जहाज नेपाल बोलाइएको हो । क्यालिब्रेसन फ्लाइट सकिएपछि एरोथाई कम्पनीले दिने प्रतिवेदनका आधारमा विमानस्थलमा वायुसेवा कम्पनीहरुले उडान र अवतरण गर्न सक्ने छन् ।

५ मंसिर २०७९