क्यालिब्रेसन फ्लाइटका लागि एरो थाईको जहाज पोखरामा


टुरिजम पाना पोखरा । ३ मंसिर २०७९
pokhara international airport
तस्वीर: निवेश बराल/टुरिजम पाना

सोमबारदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन अघि क्यालिब्रेसन फ्लाइट (यान्त्रिक परीक्षण) हुने भएको छ । क्यालिब्रेसन उडानका लागि थाई कम्पनीको जहाज शनिबार पोखरा आएको हो ।

मंसिर ५ गते देखि १२ गतेसम्म क्यालिब्रेसन फ्लाइटका लागि तयारी पुरा भइसकेको पोखरा विमानस्थलले जनाएको छ । बिहान १० बजेदेखि १ बजेसम्म र दिउँसो २ बजेदेखि साढे ५ बजेसम्म क्यालिब्रेसन फ्लाइट तय भएको छ ।

क्यालिब्रेसन फ्लाइटका लागि आवश्यक इक्युपमेण्ट चेकजाँचको काम विज्ञले गरीरहेको उनले बताए । क्यालिब्रेसन प्लाइटको समयमा नियमीत उडान प्रभावित हुने छ ।

परीक्षण उडान अघि विमानस्थल प्राविधिक लगायत हरेक पक्षमा तयार रहे नरहेको परीक्षण गर्न क्यालिब्रेसन फ्लाइट हुन लागेको हो । क्यालिब्रेसन फ्लाइट सकिएपछि एरोथाई कम्पनीले दिने प्रतिवेदनका आधारमा विमानस्थलमा वायुसेवा कम्पनीहरुले उडान र अवतरण गर्न सक्ने छन् ।

३ मंसिर २०७९