चाकु बनाउन भ्याई नभ्याई (फोटोफिचर)


टुरिजम पाना काठमाडौं । २२ पुष २०७९

हिन्दुहरुको प्रमुख चाडमध्ये माघे संक्रान्ति पनि महत्वपूर्ण पर्व हो ।

परम्परादेखि मानी आएको धार्मिक तथा सांस्कृतिक महत्व बोकेको यो संक्रान्तिलाई मकर संक्रान्तिको रुपमा पनि चिनिन्छ । संक्रान्तिमा बिशेष गरी चाकु खाने गरिन्छ । चाकु पानीमा सखर राखेर आगोमा लामो समयसम्म पकाउने, उक्त पानी र सखर पाकेसँगै ठूलो खुल्ला भाँडोमा राख्ने ।

तातो सेलाएसँगै त्यसलाई रंग परिवर्तन नहुँदासम्म फिट्ने । त्यसपछि आफूलाई चाहिने मात्रामा किसकिस, काजु, नरिवल मिसाएर केही समय खुल्ला छोड्ने । यस्तै, घरेलु तरिकाले आफूले चाहेअनुसारको आकारमा चाकु तयार गर्न सकिन्छ ।

संक्रान्ति नजिकिएसँगै चाकु बनाउन भ्याई नभ्याई छ टोखाबासीलाई । काठमाडौंको उत्तरमा पर्ने प्राचीन टोखा सहर चाकुका लागि प्रसिद्ध रहेको छ ।

२२ पुष २०७९