चाँगुनारायण अद्भूत धार्मिक पर्यटकीय क्षेत्र : मुख्यमन्त्री बानियाँ


टुरिजम पाना संवाददाता भक्तपुर । २ भाद्र २०८२

बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले चाँगुनारायण नगरपालिका क्षेत्र अद्भूत धार्मिक पर्यटकीय क्षेत्र रहेको बताएका छन्।

चाँगुनारायण नगरपालिका तेलकोटस्थित प्रसिद्ध पञ्च महालक्ष्मी मन्दिरमा पूजा एवं आरतीमा सहभागी हुँदै उहाँले यहाँको धार्मिक पर्यटकीय क्षेत्रको प्रचारप्रसारमा जोड दिए।

उनले चाँगुनारायण क्षेत्र आफैँमा प्राकृतिक रुपमा सुन्दर पर्यटकीय क्षेत्र रहेको र चाँगुनारायण मन्दिरदेखि नगरकोटसम्मका सबै धार्मिक सम्पदा, मठमन्दिर, ऐतिहासिक पुरातात्विक सम्पदालई धार्मिक पर्यटकीय क्षेत्र घोषणा गरेर विदेशी पर्यटक भित्र्याउन सकिने बताए।

मुख्यमन्त्रीसँगै मन्दिर पुग्नुभएका चाँगुनारायण निवासी नवनियुक्त संस्कृति तथा पर्यटन मन्त्री सुरेश श्रेष्ठले यहाँको महत्वमाथि प्रकाश पारेका थिए।

२ भाद्र २०८२