क्रिसमस पर्व : यस्तो छ महत्व ?


टुरिजम पाना संवाददाता काठमाडौँ । ८ पुष २०८०

हरेक वर्ष क्रिसमस २५ डिसेम्बरकै दिन मनाइन्छ । हुन त क्रिसमसलाई ईसाईहरुको पर्व भनिन्छ, यद्यपि यो पर्वलाई सबै धर्म मान्ने व्यक्तिहरुले उत्तिकै उल्लासका साथ मनाउन थालिसकेका छन् । यतिमात्र होइन, नेपालमा मात्र होइन, सम्पूर्ण विश्वमा नै क्रिसमसलाई धुमधामका साथ मनाइन्छ । क्रिसमस एक मात्र त्यस्तो पर्व हो, जुन हरेक वर्ष २५ डिसेम्बरकै दिन मनाइने गरिन्छ ।

क्रिसमस पर्वको खास मान्यता के छ भने संसारका मानिसहरूको पापलाई क्षमा (मुक्त) गराउन तथा रोक्नका लागि ईश्वरले आफ्नो एक मात्र पुत्र येसु ख्रिस्टलाई यस धर्तीमा पठाउनु भयो । यिनै ख्रिस्टले संसारभरीका मानिसहरूको पापलाई मुक्त गराउने उद्देश्यले प्रेम, विश्वास, शान्ति, धर्म, सत्य आदिको दिव्य उपदेश बाँड्ने क्रममा आफ्नो प्राण नै त्यागेको कुरा पवित्र धर्मशास्त्र बाइबलमा पढ्न पाइन्छ । यिनले संसारका मानिसलाई प्रेम र भाइचाराको साथ रहन सन्देश दिएका छन् । येसु एक महान् धार्मिक केन्द्रीय व्यक्ति थिए । उनले समाजलाई प्रेम र मानिसहरूलाई शिक्षा दिएका छन् । यिनलाई इसाई धर्मका संस्थापक पनि मानिन्छ ।

क्रिसमस पर्व हरेक वर्ष ईशा मसीहको जन्म दिवसको रुप्मा मनाउने गरिन्छ । ईसाई धर्म मान्ने व्यक्तिहरु ईशा मसीहलाई सूर्यको भगवान मान्छन् । त्यसैले ईसाईहरुका लागि यो पर्वको एउटा विशेष महत्व छ । एउटा महत्वपूर्ण कुरा के छ भने ईसा मसीहको जन्म भएको थियो, यो कुरा पूर्ण रुपले स्पष्ट छैन । जहाँ सम्म कि बाईबलमा पनि ईसा मसीहको जन्मको तारिखको कुनै पुष्टि गरिएको छैन ।

जिससको जन्मको वास्तविक तारिकको बारेमा कसैलाई पनि जानकारी छैन । भनिन्छ, जिसस को जन्म २ बिसी तथा ७ बिसीको बीचमा अर्थात ४ बिसीमा भको थियो । त्यस बेलाको समयलाई वषको आधारमा होइन, बिसीको आधारमा हेरिन्थ्यो । त्यस्तो बेला जिसस को जन्मको वास्तविक तिथी तथा समयको बारेमा कहिं पनि लेखिएको छैन । यहाँ सम्मकि बाइबलमा पनि जिसस को जन्मको तारिखको बारेमा भनिएको छैन ।

यसकारण २५ डिसेम्बरमा मनाइन्छ

वास्तवमा, एउटा निकै नै प्रारम्भिक ईसाई परम्पराका अनुसार, जुन दिन मेरीलाई उनीसंग एक अति नै विशष बच्चा अर्थात यीशु हुनेछन् भनिएको थियो, त्यो तारिख थियो २५ मार्च । २५ मार्चको नौ महिनापछि २५ डिसेम्बर । यस्तो बेला यीशुको जन्मका लागि २५ डिसेम्बर सबैभन्दा राम्रो दिन मानियो । यसका अतिरिक्त उक्त तिथिलाई एक रोमन पर्व अथवा मकर संक्रान्तिसंग सम्बन्ध स्थापित गर्ने आधारमा पनि चुनिएको मानिन्छ ।

यसरी मनाइयो क्रिसमस

क्रिसमस मनाउने परम्परा पनि निकै पुरानो हो । सबैभन्दा पहिला क्रिसमस ३३६ ईशा पूर्वमा रोमनका पहिलो ईसायी रोमन सम्राटको समयमा २५ डिसेम्बरको दिन मनाइएको थियो । त्यो समयमा त्यो रोमन स्टेटको आधिकारिक पर्व थिएन । त्यसो त, त्यसपछि जिसस को जन्मको तारिखका लागि विवाद समेत भयो । यद्यपि, त्यसको केही वर्षपछि पोप जुलियसले आधिकारिक रुपबाट जिसस को जन्म २५ डिसेम्बरलाई नै मनाउने घोषणा गरियो । त्यसपछि हरेक वर्ष २५ डिसेम्बरको दिन क्रिसमस मनाउने परम्पराको थालनी भएको हो ।

८ पुष २०८०