दिपावली तथा तिहार पर्वको अवसरमा विदेशमा रहेका नेपालीहरुले देउसीभैलो खेलेका छन् । विभिन्न देशमा बस्दै आएका नेपालीहरुले नेपाली परम्पराअनुसार भैलो खेलेका हुन् ।
कतारमा कर्णाली प्रदेश समन्वय परिषद दोहा कतारले बिहीबार साँझ ग्रान्ड मल प्लाजामा भैलो कार्यक्रमको आयोजना गरेको छ ।
यस्तै अमेरिका, अष्ट्रेलियालगायतका देशमा पनि देउसीभैलोका विभिन्न कार्यक्रम गरिएका छन् । यस्तै, फ्रान्सको राजधानी पेरिसमा नेपालीहरुले शनिबार देउसी भैलो खेलेका छन् ।
भैलोमा स्थानीय नेपाली कलाकार, संघसंस्थाका अभियन्ता, एनआरएनए प्रतिनिधिहरुलगायत त्यहाँ रहेका नेपालीहरुले सामूहिक रुपमा देउसी भैलो खेलेका हुन् ।