पृथ्वी राजमार्गअन्तर्गत धादिङको धार्केमा पुलको छेउमा जमिन भासिएर फेरि सवारी आवागमन ठप्प बनेको छ ।
धुनीबेसी नगरपालिका-६ र थाक्रे गाउँपालिका-८ को सिमाना जोड्ने गणेशखोला पुलमा जमिन भासिँदा गत सोमबारदेखि मंगलबार बिहानसम्म राजमार्ग ठप्प बनेको थियो ।
मंगलबार बिहानदेखि एकतर्फी सञ्चालनमा ल्याइएको सो सडकमा बुधबार मध्यान्हदेखि फेरि सो सडकमा समस्या आएको हो ।