चुनावले भारतीय सीमा नाका बन्द हुँदा पर्यटक प्रभावित हुने


टुरिजम पाना काठमाडाैं । ३० कार्तिक २०७९
indian tourist
फाइल तस्बीर

आगामी मंसिर ४ गते प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनका लागि बिहिबारदेखि हुने सिमा नाका बन्दले पर्यटकहरू प्रभावित हुने भएका छन् ।

निर्वाचनका लागि बिहिबार रातीदेखि ७२ घण्टा बन्द गर्ने निर्णयले भारतबाट नेपाल आउने पर्यटक र नेपालबाट भारत जाने पर्यटकहरू प्रभावित हुने भएका हुन् ।

विरामी र इमर्जेन्सी परेकाहरूकाे खण्डमा आवतजावतलाइ सहजीकरण गरेपनि अन्यकाे हकमा बन्द हुने दार्चुलाकी सहायक प्रमुख जिल्ला अधिकारी हेमन्ती साउदले बताईन् ।

उनका अनुसार पर्यटकका लागि कुनै विशेष निर्देशन नआएकाे भएपनि अत्यावश्यक अवस्थामा पर्यटककाे कामकाे प्रकृति हेरेर सहजीकरण गर्न सकिनेछ ।

३० कार्तिक २०७९