पत्रकार फुर्पा शेर्पाले रुसस्थित युरोपको सबैभन्दा अग्लो हिमाल माउन्ट एल्ब्रस (५,६४२ मिटर)को सफल आरोहण गरेकी छन् ।
उनले आइतबार बिहान पर्वतारोही तथा माउन्टेन गाइड चतुर तामाङ र उड्डयन क्षेत्रमा कार्यरत ओम्निका डंगोलका साथ उक्त हिमाल आरोहण गरेकी हुन् ।
उनी एल्ब्रस हिमाल आरोहण गने संभवतः पहिलो नेपाली पत्रकार बन्न सफल भएकी छन् । पत्रकारिता क्षेत्रमा करिव तीन वषदेखि सक्रिय शेर्पाको यो पहिलो हिमाल आरोहण हो ।
यसअघि सगरमाथाको आधार शिविरसम्म पुग्न सफल उनले अन्य हिमालहरु पनि क्रमसः आरोहण गर्ने बताएकी छन् । शेर्पा सिन्धुपाल्चोक हेलम्बुकी हुन ।