गगन थापालाई भोट माग्दै कुस्माबाट एक युवाले बन्जि गरे (भिडियाेसहित)


टुरिजम पाना कुस्मा । २८ कार्तिक २०७९
suman sharma bungee kushma gagan thapa

प्रतिनिधि सभा उम्मेदवार गगन थापालाई भोट माग्दै एक युवकले कुस्माको द क्लिफ्बाट बन्जि जम्प गरेका छन् ।

काठमाडौं क्षेत्र नं. ४ का प्रतिनिधिसभा उम्मेदवार गगन थापालाई जिताउनु पर्ने भन्दै बाग्लुङ – ४ नारायणस्थानका ३५ वर्षीय सुमन शर्माले कुस्मामा बन्जी गरेका हुन् । बन्जि गर्दा उनले हातमा भोट फर गगन थापा भन्ने प्लेकार्ड बोकेका थिए ।

शर्माले बन्जि गर्ने क्रममा ‘जेन जी, जेनेरेसन गगन, विइ आर जेनेरेसन गगन, अबको पालो गगनको’ भन्दै हामफालेका थिए ।

उनले बन्जिजस्तै राजनिती गर्न पनि साहस चाहिने भएकाले र त्याे साहस गगनसँग भएकाले गगनकाे पक्षमा भाेट माग्दै बन्जि गरेकाे शर्माकाे भनाइ छ ।

हेर्नुहाेस् सुमन शर्माले बन्जि गरेकाे भिडियाे

२८ कार्तिक २०७९