उच्च हिमाली भेग अन्नपूर्ण पदमार्गमा ‘याक अट्याक’ सुरू


टुरिजम पाना बेँसीसहर । २८ कार्तिक २०७९
cycle race annapurna trekking circuit

अन्नपूर्ण पदमार्गमा आइतबारदेखि साइकल दौड ‘याक अट्याक २०२२’ सुरु भएको छ ।

सात दिनसम्म हुने प्रतियोगिताको पहिलो दिन प्रतियोगीहरुले लमजुङको पुमागाउँ, बागलुङपानी हुँदै चण्डिस्थानबाट बेँसीसहरसम्म ३० किलोमिटर साइकल दौड गरेका छन् ।

प्रतियोगितामा आइतबार पुरुष खुलातर्फ सशस्त्र प्रहरीका सुरज रानामगर पहिलो, क्यानडाका कोरी वाल्लेस दोस्रो र नेपालका कुमार तामाङ तेस्रो भए । त्यस्तै खुला महिलातर्फ नेपाल आर्मीका उषा खनाल पहिलो, अष्ट्रियाकी सब्रिना फिल्जमोस्टर दोस्रो र हुमी बुढामगर तेस्रो भए । mountain bike worldwide cycle

प्रतियोगिताको दोस्रो दिन सोमबार प्रतियोगीहरु मनाङ पुग्ने याक अट्याक कार्यक्रमका प्रबन्धक अजय पण्डित क्षेत्रीले टुरिजमपानालाई जानकारी दिए । प्रतियोगितामा नेपालका ९ जना, बेलायत, फ्रान्स, इटाली, जर्मन, अमेरिका, ब्राजिल लगायतका ८ देशका १२ जना अन्तर्राष्ट्रिय साइकल रेसर सहभागी छन् ।

cycle race

सात दिनसम्म रेसरहरुले मनाङ, अन्नपूर्ण पदमार्गमा पर्ने ५,४१६ मिटर अग्लो थोराङला हुँदै मुस्ताङको कागबेनी र कालोपानीसम्म २ सय ८० किलोमिटरको दुरी साइकलमा यात्रा गर्नेछन् ।

बेलायती कम्पनी माउन्टेन बाइकिङ वर्ल्डवाइडले चक्रिय अन्नपूर्ण पदमार्गमा आयोजना गरेको प्रतियोगिताको यो १४ औं संस्करण हो । काेराेना भाइरसकाे महामारीका कारण २०१९ मा भएकाे साइकल दाैड प्रतियाेगिता २ वर्षपछि अहिले सुरू भएकाे हाे ।

cycle race annapurna mustang, lamjung

२८ कार्तिक २०७९