होटल तथा पर्यटन व्यवसायी सङ्घ रसुवाको अध्यक्षमा गजुरेल


होटल तथा पर्यटन व्यवसायी सङ्घ रसुवाको अध्यक्षमा निशान गजुरेल निर्विरोध चयन भएका छन् ।

संघको तेस्रो जिल्ला अधिवेशनले गजुरेलको अध्यक्षतामा नयाँ जिल्ला कार्यसमिति चयन समेत गरेको हो ।

कार्यसमितिको उपाध्यक्षमा धनकुमारी तामाङ, सचिवमा फुर्पुसिङ्गी तामाङ, सहसचिवमा विशाल घले, कोषाध्यक्षमा बुद्वलक्ष्मी तामाङ निर्विरोध चयन भएका छन् ।

सदस्यमा छविलाल पौडेल (राम), सन्तोष तामाङ र सुनिता तामाङ, सञ्जीव उप्रेती, पवित्रा भट्ट र छेतेन ग्याल्पो तामाङ रहेका छन् ।

अध्यक्ष गजुरेलले नयाँ कार्यसमितिले धुञ्चे, ठूलोस्याफ्रु, चन्दनबारी, लौरीविनायक, गोसाइँकुण्ड हुँदै हेलम्बु रूट, स्याफ्रुबेँसीबाट लाङ्टाङ क्याञ्जेन क्षेत्र र तामाङ सम्पदा मार्गअन्तर्गत गतलाङ, नाकथली, थुमन तथा बृद्विम होमस्टेसमेतका क्षेत्रका होटललाई व्यवस्थित गर्दै पर्यटकलाई गुणस्तरीय सेवा पुर्‍याउन केन्द्रित रहने बताए ।

२० मंसिर २०७९