पर्यटन पत्रकार मरासिनी ‘टान पत्रकारिता पुरस्कारबाट सम्मानित


टुरिजम पाना काठमाडौँ । १९ भाद्र २०८१

ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) ले प्रदान गर्ने ‘टान पत्रकारिता पुरस्कार २०२४’ बाट पत्रकार गोविन्द मरासिनी पुरस्कृत भएका छन् । पत्रकारिताको माध्यमबाट नेपालको पर्यटन क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै टानले मरासिनीलाई उक्त सम्मान प्रदान गरेको हो ।

काठमाडौं आयोजित टानको ४६ औं साधारण सभा तथा निर्वाचनका अवसरमा संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री बद्री प्रसाद पाण्डे, राज्यमन्त्री अरुण कुमार चौधरी र टानका अध्यक्ष निलहरी बास्तोला लगायतले पत्रकार मरासिनीलाई पुरस्कार प्रदान गरे । विगत १३ बर्षदेखि पत्रकारितामा क्रियाशिल पुतलीबजार, स्याङ्जा निवासी मरासिनीले विशेषगरी युवा, पर्यटन, राजनीतिक र समसामयिक बिषयमा राष्टिय स्तरका विभिन्न सञ्चारमाध्यम र विभिन्न जर्नलमा अनुसन्धनात्मक लेख समेत लेख्दै आएका छन् ।

उनले नेपालका प्रमुख पर्यटकीय गन्तब्य, साहसिक पर्यटन, धार्मिक पर्यटन र ग्रामीण पर्यटन लगायतका विविध पर्यटन प्रबद्र्वनका लागि पत्रकारिताको माध्यमबाट काम गर्दै आएका छन् ।

उनी गण्डकी प्रदेश युवा प्रतिभा पुरस्कार (पर्यटन प्रबद्र्वन), सार्क युथ लिडर अवार्ड र संकटमा सक्रिय पत्रकारिता पुरस्कार लगायतका विभिन्न पुरस्कारबाट सम्मानित भईसकेका छन् ।

१९ भाद्र २०८१