सबै उडान बन्द गर्न गुण एयरलाई प्राधिकरणको निर्देशन


टुरिजम पाना काठमाडौं । ८ फाल्गुन २०७९

नागरिक उड्डयन प्राधिकरणले गुण एयरलाइन्सलाई सम्पूर्ण उडान बन्द गर्न निर्देशन दिएको छ।

पाइलट र क्रु मेम्बरलाई तलब नदिएपछि हवाई सुरक्षामा गम्भीर असर पर्ने भन्दै प्राधिकरणले सबै उडान बन्द गर्न निर्देशन दिएको हो।

प्राधिकरणका सुचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार अर्को व्यवस्था नभएसम्म हालका लागि सबै जहाज ग्राउन्डेड गर्न सोमबार नै पत्र पठाएको छ।

उडानमा संलग्न कर्मचारीलाई तलब सुविधा नदिएपछि उडान सुरक्षामा जोखिम देखिएकाेले मध्यनजर गर्दै  अर्को व्यवस्था नभएसम्म सबै उडान बन्द गर्नु भनेर पत्र काटेकाे भुलले टुरिजमपानालाइ जानकारी दिए

८ फाल्गुन २०७९