हिमालय एयरलाइन्सले आगामी भदौ ४ गतेदेखि कुवेतमा सिधा उडान गर्ने भएको छ ।
सुरुवातमा सातामा एक दिन उडान हुने र आवश्यकता अनुसार उडान थप गर्दै जाने कम्पनीले जनाएको हो ।
सातामा एक दिन उडानमा हिमालयले मङ्गलबार १२:४५ मिनेटमा काठमाडौँबाट कुवेतका लागि उडान भर्ने र त्यहाँको स्थानीय समय अनुसार बिहान ३:१५ मिनेटमा अवतरण गर्ने उल्लेख गरेको छ ।
कुवेतबाट सोही दिन ४:१५ मिनेटमा उडान गरेर ११:५० मिनेटमा काठमाडौँमा अवतरण गर्ने जनाइएको छ ।
एयरलाइन्सले यसका लागि कुवेतमा जेनरल सेल्स एजेन्टमा सजर्स ट्राभल गु्रपलाई नियुक्त गरेको छ ।