बन्दिपुरमा ‘होपाचा’, यसरी गरियो रोपाइँ जात्राको निम्तो (तस्वीरहरु)


टुरिजम पाना बन्दिपुर । २० भाद्र २०८०

नेवारी आर्किटेक्ट जोगाइ राखेको पुरानो नेवार बस्ती बन्दिपुरमा आज रोपाइँ जात्राको होपाचा सम्पन्न भएको छ ।

विभिन्न भेषमा सजिएर व्यंग्यात्मक शैलीमा प्रस्तुत भएर गाउँ टोल घुम्दै होपाचा गरिन्छ ।

होपाचा नेवारी शब्द हो । यसको कटुवाल लगाउनु अर्थात् चर्को स्वरमा गाउँलेलाई खवर गर्नु हुन्छ ।

बाजागाजा सहित आज नेवार समुदायका मानिसहरुले बन्दिपुर बजार क्षेत्रका घर-घर पुगेर होपाचा गरेका छन् । आजै ३ बजे बाट सुरु हुने रोपाइँ जात्राको होपाचाको क्रममा कैद गरिएका तस्वीरहरु हेरौं:

 

 

 

२० भाद्र २०८०