हट एअर बेलुनमा नेपालीलाई विशेष छुट


टुरिजम पाना पोखरा । ५ पुष २०७९

पर्यटकीय नगरी पोखरामा रहेको हट एअर बेलुनले नेपाली पर्यटकका लागि विशेष सहुलियत दिएको छ ।

बेलुन नेपालका अनुसार नेपालीका लागि ९ हजार ५ सय, सार्क राष्ट्रका पर्यटकका लागि १०० डलर र अन्य राष्ट्रका पर्यटकका लागि १ सय ३० डलर तोकेको हो ।

लामो समयसम्म ओपनिङ अफरमै पर्यटकलाई सेवा दिदैं आएको बेलुन नेपालले आज (मंगलबार) देखि लागु हुने गरी नेपालीका लागि यस्तो सहुलियत दिएको हो ।

२०१८ सालमा स्थापित भएर कोरोना महामारीका कारण बन्द रहेको हट एअर बेलुनको उडान गत सेप्टेम्बरबाट पुनः नियमित उडान हुन थालेको हो । ६ हजार फिटमाथी हुने हट एअर बेलुनको उडानको समय ३० देखि ४० मिनेटसम्मको हुने गर्दछ ।

५ पुष २०७९