पाँच तारे हाेटल स्तरकाे सेवा र सुविधा दिन नसकेपछि अन्नपूर्ण निलम्बन भएको छ ।
पर्यटन विभागले अनुगमन गर्दा ताेकिए बमाेजिम पाँच तारे हाेटल स्तरकाे सेवा, सुविधा संचालन नभएका कारण होटल निलम्बनमा गरेको जनाएको छ ।
पर्यटन विभागका आन्तरिक प्रशासन तथा होटल शाखाका निर्देशक कालीवहादुर भुजेलका अनुसार पाँच तारे हाेटल स्तर वर्गीकरण गरिएकाेमा उक्त हाेटलले साे स्तरकाे सेवा तथा सुविधा दिन नसकेकाे कारण यही साउन १ गतेदेखि होटल अन्नपूर्णलाई निलम्बन गरिएको हो ।
अनुगमनका क्रममा सेवा, सुविधा संचालन नभएको कारण निलम्बन गरेका उनले बताए । निलम्बन अवधि एक वर्ष हुन्छ, एक वर्ष अवधिमा सेवा, सुविधा पूरा गरेर संचालनमा आएमा निलम्बन फुकुवा गरिने होइन भने होटलको दर्ता खारेज हुने उनले जानकारी दिए । होटल अन्नपूर्णले २०८२ को जेठसम्मको लागि नबीकरण रहेको छ ।