त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनामा भएकाे सौर्य जहाजमा मृत्यु हुने १८ जना मध्ये एक बालक र एक विदेशी रहेका छन् ।
सौर्य जहाज दुर्घटनामा मृत्यु हुनेमा बालक अधिराज शर्मा र विदेशी अरेफ रेडा रहेकाे नेपाल नागरिक उड्ययन प्राधिकरणले जनाएकाे छ ।
घाइते पाइलट मनीष शाक्यकाे सिनामंगल स्थित केएमसी अस्पतालमा उपचार भइरहेकाे छ । जहाजमा १९ जना यात्रु सवार थिए ।
१८ जनाको शव त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टमका लागि राखिएको छ ।
जहाज उड्ने क्रममा रनवे छेउमा रहेको कन्टेनरमा ठोक्किएको र दुई टुक्रा भएको थियो ।