काठमाडौँबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको जहाजमा सवार १८ जनाको मृत्यु भएको छ ।
जहाज आज बिहान ११ बजेर ११ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रभित्रै दुर्घटना भएको हो ।
जहाजका पाइलट मनीष शाक्य केएमसी अस्पतालको आकस्मिक कक्षमा उपचार हुँदैछ । शरीरमा विभिन्न भागमा चोटपटक लाग्नुका साथै मुखबाट रगत आएकाेले आकस्मिक उपचार कक्षमा उपचार भइरहेको अस्पतालका चिकित्सक डा । विशद दाहालले जानकारी दिए ।
जहाज पोखरा उड्ने क्रममा रनवेबाट दुर्घटनामा परेको थियो । जहाजमा सवार अन्य १८ यात्रुको शव त्रिवि शिक्षण अस्पतालमा राखिएको छ ।
त्यसैगरी, जहाजमा एस कटुवाल, अमितमान महर्जन, सागर आचार्य, दिलीप वर्मा, मनुराज श्रेष्ठ, आश्विन निरौला, सुदीपलाल जोशी, सर्भेश मरासिनी, श्याम बिन्दुकार, नवराज आले, राजाराम आचार्य, प्रिजा खतिवडा, अधिराज शर्मा, उद्धव पुरी, यज्ञप्रसाद पौडेल, सन्तोष महतो, पुण्यरत्न शाही, अरेफ रेडा सवार थिए ।
सौर्य एयरलाइन्समा सवार व्यक्तिहरूको नामावली