सौर्य एयरलाइन्सको जहाज दुर्घटनापछि बन्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुनः सञ्चालनमा आएको छ ।
दुर्घटनाकाे अवस्था बारे बुझ्नन अहिले विमानस्थलमा प्रधानमन्त्री केपी शर्मा आेली पनि पुगेका छन् ।
दुर्घटना भएकाे कहि समयपछि विमानस्थलमा सबै उडान बन्द गरिएकाे थियाे ।
उडान बन्द भएपछि केहीबेर आकाशमा होल्ड गरेको भुटान एयरको जहाज अवतरण भएको छ ।
जहाज दुर्घटनामा १८ जनाको मृत्यु भएको पुष्टि नेपाल नागरिक उड्डयन प्राधिकरणले गरेको छ ।
घाइते क्याप्टेन मनीष शाक्यकाे केएमसी अस्पतालमा उपचार भइरहेको छ ।