रेसुङ्गामा होटल पौवा बन्द, सर्वोच्चको आदेशपछि रिसोर्ट सम्झौता बदर


टुरिजम पाना रेसुङ्गा । १६ बैशाख २०८३

रेसुङ्गामा सञ्चालित होटल पौवा सर्वोच्च अदालतको आदेशपछि औपचारिक रूपमा बन्द गरिएको छ । धर्मशालाको संरचना परिवर्तन गरी रिसोर्ट सञ्चालन गर्ने सम्झौता गैरकानुनी ठहर गर्दै अदालतले बदर गरेपछि जिल्ला प्रशासनले सिलबन्दी गरेको हो ।

रेसुङ्गा नगरपालिका र होटल पौवा प्रालिबीच भएको २५ वर्षे लिज सम्झौता प्राचीन स्मारक, संरक्षित वन र धार्मिक क्षेत्रको मर्म विपरीत रहेको ठहर अदालतले गरेको छ । अदालतले आवश्यक परे कानुनअनुसार गैरनाफामूलक परम्परागत धर्मशाला मात्रै निर्माण गर्न निर्देशन दिएको छ ।

होटल बन्द भएसँगै स्थानीयस्तरमा मिश्रित प्रतिक्रिया देखिएको छ । धार्मिक क्षेत्रको संरक्षण पक्षमा समर्थन भए पनि पर्यटक व्यवस्थापनमा चुनौती बढ्ने चिन्ता व्यक्त गरिएको छ ।

१६ बैशाख २०८३