होटल साम्बलामा आज लाइभ म्युजिक कार्यक्रम हुँदै


टुरिजम पाना काठमाडौं । ५ जेष्ठ २०८०

काठमाडौंको बाँसबारीमा रहेको होटल साम्बलाले आज (शुक्रबार) साँझ लाइभ म्युजिक कार्यक्रम गर्ने भएको छ । कार्यक्रममा गायक अशिम थापाले सांगीतिक प्रस्तुति दिने होटल साम्बलालका अपरेसन म्यानेजर रविन मानन्धरले जानकारी दिए ।

‘फ्राइडे नाइट लाइभ सेरिज्’अन्तर्गत आगामी शुक्रबार गायक थापाले प्रस्तुती दिन लागेका हुन् ।

आज साँझ ६:३० देखि लाइभ म्युजिक कार्यक्रम शुरू हुनेछ । होटलका ग्राहकहरूलाई मनोरञ्जन दिलाउनका लागि हरेक शुक्रबार साम्बलाले लाइभ म्युजिक कार्यक्रम गर्दै आएको छ । ग्राहकले होटलका परिकारहरू चाख्दै सांगीतिक प्रस्तुतिमा पनि झुम्न सक्नेछन् ।

५ जेष्ठ २०८०