२ अर्ब लगानीमा इटहरीमा खुल्यो ५ तारे होटल ‘सोल्टी वेस्टेन्ड’


टुरिजम पाना संवाददाता काठमाडौं । ४ जेष्ठ २०८०

सुनसरीको इटहरीमा सुविधा सम्पन्न ५ तारे होटल ‘सोल्टी वेस्टेन्ड’ सञ्चालनमा आएको छ ।

गरिमा होटलको स्वामित्व र सोल्टी होटलको व्यवस्थापनमा ५ तारे होटल सञ्चलानमा ल्याइएको सोल्टी होटलकी मार्केटिङ प्रमुख अनिता बस्नेतले जानकारी दिइन् ।

उनका अनुसार २ अर्ब लगानीमा बनेको सो होटल बुधबारदेखि औपचारिक रुपमा सञ्चालनमा आएको हो ।

यसअघि होटल गरिमा नाम दिएर सुरु गरिएकोमा सोल्टीले व्यवस्थापनको जिम्मा लिएसँगै ‘सोल्टी वेस्टेन्ड’को नाममा सञ्चालनमा आएको उनले जानकारी दिइन् । यो होटल पूर्वकै पहिलो अत्याधुनिक ठूलो होटल भएको सञ्चालकको दाबी छ ।

होटलमा ८० वटा कोठा, एक हजार अटाउन सक्ने क्षमता भएको ५ वटा ब्यांकयुट, सेमिनार हल, भोजन कक्ष, सभा कक्षाको व्यवस्था रहेको होटलले जनाएको छ । त्यसैगरी होटलमा ३ वटा रेस्टुरेन्ट, फिटनेस , स्पा, साउना बाथ लगायतको सुविधा समेत रहने छ ।

होटलले छिट्टै क्यासिनो पनि सञ्चालनमा ल्याउने तयारी भइरहेको बस्नेतको भनाइ छ ।

 

 

४ जेष्ठ २०८०