घुम्नका लागि नेपाल आए भारतीय अभिनेता ओबरोय, बन्जीजम्प र जिपलाइन पनि खेल्ने


टुरिजम पाना काठमाडौं । २८ मंसिर २०७९

भारतीय अभिनेता विवेक ओबरोय परिवारसहित नेपाल आइपुगेका छन् ।

अभिनेता ओबरोयले पशुपतिनाथ र गौतमबुद्धको जन्मस्थल लुम्बिनी लगायतको भ्रमणका लागि नेपाल आएका हुन् । उनले नेपाल बसाइका क्रममा सगरमाथा र बेस क्याम्प र पोखराको पनि भ्रमण गर्नेछन् ।

नेपाल आउने रहर पहिले नै भए पनि अहिले समय मिलेको अभिनेता ओबरोयले बताए । नेपाल र भारत उस्ता–उस्तै लाग्ने बताउँदै उनले बालबच्चालाई पनि नेपाल घुम्न ल्याएको बताए । १० दिन नेपालमा रहँदा उनले पोखरामा प्याराग्लाइडिङ, बन्जीजम्प र जिप लाइनसहितका साहसिक खेलको मज्जा समेत लिनेछन् ।

उनी बुधवार बेलुकी ६ बजे उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा उनलाई पर्यटन बोर्डका कर्मचारी, व्यवसायी पुनम यादव लगायतले नेपाली ढाका टोपी र नेपालको राष्ट्रिय झण्डाले स्वागत गरेका थिए ।

२८ मंसिर २०७९