पर्यटनमन्त्री किरातीसँग भारतीय राजदूतको भेट, हवाई रुटबारे छलफल


टुरिजम पाना काठमाडौं । ६ माघ २०७९

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती र भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता भएको छ ।

बधाई दिन सिंहदरबार पुगेका राजदूत श्रीवास्तवसँगको भेटमा मन्त्री किरातीले सिमरामा रहेको नेपालको एक मात्र हवाई मार्गको अधिक चाप बढेकोले थप हवाई प्रवेश मार्गका लागि अनुरोध गरेका थिए ।

मन्त्रीको प्रस्तावमा राजदूत श्रीवास्तवले दुई देशका प्राविधिकहरु सम्मिलित बैठक गरी उनीहरुले दिने प्रतिवेदनका आधारमा अघि बढ्न सकिने बताएका थिए ।

६ माघ २०७९