धरहरा अवलोकनमा अब बीमा र सुरक्षा कडा, भीड नियन्त्रण लागू


टुरिजम पाना काठमाडौं । ९ माघ २०८२
newly constructed dharaharaa

काठमाडौँको ऐतिहासिक धरहरा अवलोकन गर्दा अब आगन्तुकका लागि बीमा र व्यापक सुरक्षा व्यवस्था लागू गरिएको छ। शहरी विकास मन्त्रालय अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाइले २७ सुरक्षाकर्मी परिचालन गर्दै, सीसीटीभी निगरानी, आपतकालीन तयारी र अग्नि नियन्त्रण प्रणाली सुदृढ गरेको जनाएको छ।

अब एकैपटक १५० भन्दा बढी आगन्तुकलाई चढ्न नदिने मापदण्ड समेत लागू गरिएको छ। यो कदम नागरिकले सूचनाको हकमार्फत सुरक्षा र क्षतिपूर्ति सुनिश्चित गर्न माग गरेपछि उठाइएको हो।

धरहरा परिसरमा दुर्घटना भएमा अङ्गभङ्ग, चोटपटक वा मृत्युको बीमा व्यवस्था समेत सुनिश्चित गरिएको छ।

९ माघ २०८२