अन्तर्राष्ट्रिय उडान गर्ने वायुसेवा कम्पनीहरूले जहाजभित्रै पसल राख्न पाउने


फाइल तस्वीर

नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्ने वायुसेवा कम्पनीहरूले अब जहाजभित्रै पसल राख्न पाउने भएका छन्।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जहाजमा पसल सञ्चालनका लागि सहजीकरण गर्न ‘अनबोर्ड ड्युटी पेड स्टोर सञ्चालनसम्बन्धी कार्यविधि, २०७९’ जारी गरेको हो। यससँगै अब जहाजमा पसल राख्ने बाटो खुलेको छ।

हाल नेपालबाट नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सले अन्तर्राष्ट्रिय उडान गर्दै आएका छन्।

मन्त्रालयले नेपालका अन्तर्राष्ट्रिय एयरलाइन्सलाई उडानका क्रममा जहाजभित्र पसल सञ्चालन गर्न सहजीकरण गर्दै वायुसेवाको अतिरिक्त आम्दानीमा वृद्धि गराई वायुसेवालाई थप सबल, सुदृढ र दिगो बनाउनका लागि राजस्व संकलन तथा विदेशी मुद्रा आर्जनमा टेवा पुर्‍याउने उद्देश्यले पसल सञ्चालनका लागि आवश्यक अनुमति प्रदान र सञ्चालन कार्य व्यवस्थित गर्न आवश्यकता भएको उल्लेख गरेको छ।

कार्यविधि अनुसार जहाजभित्र पसल सञ्चालन गर्न चाहने एयरलाइन्सले पर्यटन मन्त्रालयबाट अनुमति लिनुपर्ने छ।

५ श्रावण २०८०