चन्द्रगढी विमानस्थलमा भएको बुद्ध एयर दुर्घटनाको छानबिनका लागि अनुसन्धानकर्ता तोकियो


टुरिजम पाना काठमाडौँ । २४ पुष २०८२

नेपाल सरकार (मन्त्रिपरिषद्) को मिति २०८२/९/२१ को निर्णयअनुसार झापाको चन्द्रगढी विमानस्थलमा मिति २०८२/९/१८ गते भएको बुद्ध एयरको वायुयान दुर्घटनाको छानबिन प्रक्रिया सुरु गरिएको छ।

गैरसैनिक हवाई उडान (दुर्घटना जाँच) नियमावली, २०७१ को नियम ९ को उपनियम २० बमोजिम उक्त दुर्घटनाको जाँचबुझ गरी ४५ दिनभित्र प्रतिवेदन पेश गर्ने गरी वरिष्ठ क्याप्टेन श्री विनोद पुरी, काठमाडौँलाई अनुसन्धानकर्ता तोकिएको छ।

सम्बन्धित सबै पक्षलाई सो निर्णयको जानकारी गराइएको सरकारले जनाएको छ। दुर्घटनाको कारण, परिस्थिती तथा सम्भावित कमजोरीहरू पहिचान गरी भविष्यमा यस्ता घटनाहरू दोहोरिन नदिन आवश्यक सिफारिससहित प्रतिवेदन तयार गरिने अपेक्षा गरिएको छ।

२४ पुष २०८२