शाकाहारी अभियन्ता एवम् उद्यमी काजोल सेठिया अन्तराष्ट्रिय म्यागेजिन फोर्ब्सको ३० वर्षभन्दा कम उमेर समूहका प्रभावशाली उद्यमीको सूचीमा परेकी छन् ।
फोर्ब्सले काजोललाई एसियातर्फ ३० अण्डर ३०- द आर्ट्स (२०२४) को सूचीमा समेटेको हो । उनलाई फोर्ब्सको कला श्रेणीमा ३० वर्षभन्दा मूनीको प्रभावशाली व्यक्तिहरूको सूचीमा राखिएको हो ।
सिंगापुरमा अध्ययन गर्दै गर्दा उनले ‘भेगानिजम’तर्फको यात्रा सुरू गरेकी थिइन् । अर्थात उनी शाकाहारी बनिन् ।
त्यसपछि नेपाल फर्किएर काजोलले सन् २०१८ मा भेगन डेरी नेपमल सुरू गरेकी थिइन् ।
जसमा दूध, चीज, दही, बटर लगायत दूग्धजन्य पदार्थ उत्पादन तथा बिक्री गर्न थालिन् ।
उनले व्यवसाय सुरु गरेको करिब ८ वर्षपछि सन् २०२४ को सुरुवातमा दोस्रो ब्राण्ड मकालु ल्याइन् ।
मकालुमार्फत उनले पहाडी क्षेत्रमा पाइने जडिबुटीको जुस बिक्री गर्न थालिन् ।
काजोलले सन् २०१९ मा पेटा एसियाले प्रदान गर्ने ‘आउटस्ट्याण्डिङ एक्टिभिस्ट अवार्ड २०१९’ समेत पाएकी थिइन् ।