गुरुङ पोशाकमा दक्षिण कोरियाली हास्य अभिनेता म्यान


टुरिजम पाना काठमाडौं । ४ माघ २०७९

पर्यटन प्रवर्द्धनको लागि चर्चित दक्षिण कोरियाली अभिनेता किम ब्युङ म्यान नेपाल भ्रमण आएका छन् । नेपाल पर्यटन बोर्डका सद्भावना दूत समेत रहेका उनी कोरियाली कलाकारको टोलीसहित काठमाडौं आइपुगेका हुन् ।

कोरियाली फिल्म र टेलिभिजन सिरिजमा हास्य कलाकारको रुपमा समेत चर्चित उनले पर्यटकीय नगरी पोखरा र अन्नपूर्ण क्षेत्र समेत भ्रमण गर्ने पर्यटन बोर्डले बताएको छ ।

उनको नेपाल भ्रमणको उद्देश्य दक्षिण कोरियाली पर्यटकलाई नेपाल भ्रमणमा आकर्षित गर्नु रहेको बोर्डले जनाएको छ ।

घुमफिरका लागि पोखरा पुगेका किम गुरुङ सांस्कृतिक पोशाकमा सजिएको तस्वीर नेपाल पर्यटन वोर्डले सार्वजनिक गरेको हो ।

४ माघ २०७९