पर्यटन प्रवर्द्धन योजना बनाउनआबुखैरेनी पालिकाले गर्‍यो वाग्मती पालिकाको अध्ययन भ्रमण


टुरिजम पाना काठमाडौं । ५ माघ २०७९

आबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमान सहितको टोलीले सर्लाही जिल्लाको वाग्मती नगरपालिका अध्ययन अवलोकन भ्रमण गरेको छ ।

पालिकाको टिमलाई वाग्मती नगरपालिकाले गरेको संघीयता अभ्यास, उत्कृष्ट प्रशासन सन्चालन, स्थानीय तहलाई आवश्यक पर्ने ऎन, कानुन साथै सघ र प्रदेश सग स्थानीय तहको सम्बन्ध र सहकार्य साथौ स्थानिय तहमा जनप्रतिनिधि र कर्मचारीको भुमिकाको बिषयमा नगरपालिकाको अनुभवको बिषय छलफल गरेको हो ।

मर्स्याङ्दी नदीमा जल पर्यटन सम्बन्ध गतिविधि सन्चालन गर्ने उद्देशले बागमती नगरपालिकाका मेयर भरत थापाको नामबाट परिचित १२१ बिगामा मानव निर्मित भरत तालको समेत पालिकाको टिमले संयुक्त अवलोकन गरेको हो ।

अध्यक्ष चुमानसहित उपाध्यक्ष दुर्गा अर्याल वडा नं १ का अध्यक्ष एवं प्रवक्ता प्रेम गुरुङ, कार्यपालिकाका सदस्यहरु, प्रमुख प्रशासकीय अधिकृत, स्थानीय व्यवसायीहरु र कर्मचारीहरु टिमले सर्लाही जिल्लाको वाग्मती नगरपालिका अध्यन अवलोकन भ्रमण गरेको हो ।

 

५ माघ २०७९