वाइल्डलाइफ फोटोग्राफर घले सम्मानित


टुरिजम पाना तनहुँ । ७ माघ २०७९

नेपालका वाइल्डलाइफ फोटोग्राफर टासी आर घले सम्मानित भएका छन् । दुर्लभ मानिने हिउँचितुवाको तस्वीरबाट अन्तराष्ट्रिय बन्यजन्तु तथा बातावरण क्षेत्रमा चर्चित घलेलाई फोटोग्राफर संघ गण्डकीले सम्मान गरेको हो । यसअघि उनले बिभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय फोटोग्राफी पुरस्कार र सम्मान पाइसकेका छन् ।

घलेलाई ब्यास न.पा.तनहुँको तनहुँ सुरमा गण्डकी फोटोग्राफर संघ गण्डकीको आयोजनामा भएको सम्मान कार्यक्रममा संस्थाका अध्यक्ष दुर्गा प्रसाद पौडेलले दोसल्ला ओढाई सम्मान पत्र सहित सम्मान गरे ।

कार्यक्रममा टासी आर घलेले दुर्लभ बन्य जन्तु त्यसमाथी पनि अत्यन्त कठिन हिमाली क्षेत्रमा रहने हिउचितुवाको तस्वीर खिच्नका लागी एक फोटोग्राफरका नाताले गरेका संघर्ष र त्यसबाट पाएको उपलब्धी बारे चर्चा गरेका थिए ।

७ माघ २०७९