पर्यटन व्यवसायी गिरी ‘नातिकाजी राष्ट्रिय प्रतिभा पुरस्कार’ बाट सम्मानित


टुरिजम पाना काठमाडौं । ७ माघ २०७९

पर्यटन व्यवसायी देवेन गिरी ‘नातिकाजी राष्ट्रिय प्रतिभा पुरस्कार’ बाट सम्मानित भएका छन् ।

संगीत महर्षी नातीकाजी ज्युको ९८ औँ जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा राष्ट्रपती बिद्यादेवी भण्डारी, नातीकाजी स्मृती समाजका अध्यक्ष समेत रहेका वरिष्ठ संगीतकार श्री शम्भुजित बासकोटा, वरिष्ठ साहित्यकार बैरागी काइँलाले गिरीलाई उक्त पुरस्कारबाट सम्मान गरेका हुन् ।

गीतसंगीतमा पुर्याएको योगदानको कदर गर्दै उनलाई यो सम्मान दिने भइएको हो । पर्यटन व्यवसायी गिरीको द पेन एण्ड देवेन एल्वम सहित करिब ३० गीत बजारमा छन् ।

Deven Giri

राजधानी ठमेलमा होटल म्याजेस्टिक र भोजघर रेष्टुरेन्ट सन्चालक रहेका गिरीको कुश्माको द क्लिफ रिसोर्टमा समेत लगानी गरेका छन् ।

गिरीले आफू यस पुरस्कारबाट सम्मानित हुन पाउँदा निकै खुसी लागेको भन्दै गीतसंगीतको यात्रामा थप सक्रिय बन्न हौसला मिलेको बताएका छन् ।

७ माघ २०७९