निम्स मगरको रेकर्ड तोड्ने तयारीमा क्रिष्टिना, गरिन् सगरमाथाको सफल आरोहण


टुरिजम पाना संवाददाता काठमाडौं । ९ जेष्ठ २०८०

निम्स मगरको रेकर्ड तोड्ने तयारीमा रहेकी नर्वेकी हिमाल आरोही क्रिष्टिना हेरिलाले सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेकी छन् ।

क्रिष्टिनाले मंगलबार सगरमाथाको सफल आरोहण गरेकी उनी आवद्ध सेभेन समिट ट्रेक्सले जानकारी दिएको छ ।

आठ हजार मिटरभन्दा माथिका १४ वटा हिमाल ७ महिनाभन्दा कम समयमा आरोहण गरेको कीर्तिमान नेपालका निम्स मगरको छ । क्रिष्टिना सो रेकर्ड तोड्ने प्रयासमा छिन् ।

क्रिष्टिनाले चार महिनामै आठ हजार मिटरभन्दा अग्ला विश्वका १४ वटा हिमालको आरोहण गर्ने लक्ष्यसहित अगाडि बढेकी छन् ।

जसका लागि उनले तिब्बतका चोयु र सिसापाङ्गमा हिमालको सफल आरोहण पश्चात नेपालका हिमालहरू आरोहण गर्न सुरू गरेकी हुन् ।

उनले सन् २०२३ मै लोत्से हिमालको सफल आरोहण गरिसकेकी छन् ।
जसअनुसार २०२३ को मेसम्ममा उनले २ वटा ८ हजार मिटरमाथिका हिमालको सफल आरोहण गरेकी हुन् ।

यसअघि उनले सगरमाथाको चुचुरोबाट लोत्से हिमाल सबैभन्दा छोटो समयमा आरोहण गर्ने महिलाको कीर्तिमानी समेत राखेकी छन् ।

उनले १२ वटा हिमाल नेपाली कम्पनी एट के एक्स्पिडिसन्सबाट गरेकी हुन् भने बाँकी दुई वटा चोयु र सिसापंगामाको आरोहण सेभेन समिट ट्रेक्सबाट गर्ने योजनामा थिइन् ।

नर्वेकी क्रिष्टिना धावक र क्रस-कन्ट्री स्की खेलाडी पनि हुन् । उनले यसबाहेक ८ हजार मिटरभन्दा कम उचाइका आमादब्लम सहित ९ वटा हिमाल पनि आरोहण गरेकी छिन् ।

उनले यसअघि पनि निम्स मगरको रेकर्ड तोड्ने प्रयास गरेकी थिइन् । तर, तिब्बतका चोयु र सिसापाङ्गमा हिमाल आरोहणको अनुमति नपाउँदा उनको किर्तिमानी प्रयास रोकिएको थियो ।

यो पढौँ

निर्मल पुर्जाको रेकर्ड तोड्ने तयारीमा रहेकी क्रिष्टिनालाई तिब्बतमा धक्का

९ जेष्ठ २०८०