ललितपुर उद्योग वाणिज्य संघमा रुपमान महर्जनको प्यानल बलियो दवेदार

खस्कँदो हस्तकला व्यवशायलाई माथि उठाउने तथा पर्यटन प्रवर्द्धन गर्ने मुद्दा


टुरिजम पाना ललितपुर । १६ आश्विन २०८०

उद्योग वाणिज्य संघ ललितपुरमा निर्वाचनको सरगर्मी बढेको छ । हस्तकला, पर्यटन उद्योग र व्यापारको केन्द्रको रुपमा रहेको ललितपुर जिल्लामा संघको नेतृत्व पाउन होडबाजी भइरहेको छ।

चुनाबी मैदानमा देखिएका तीन प्यानलहरूले आआफुलाई जीतको दाबेदार प्रश्तुत गरिरहेको भएतापनि रुपकमान महर्जन समूहतर्फ व्यवसायीहरूको आकर्षण देखिन्छ ।

महर्जनको सक्षम, मिलनसार, समन्वाकारी र सुझबुझपुर्ण व्यक्तित्वका कारण पनि उनको प्यानलमा सक्षम र लोकप्रिय उम्मेदवारहरु समेटिएका कारण उनको प्यानलको जित सुनिश्चित भएको एक पुर्व अध्यक्षले बताए ।

महर्जनसंग भएको दृष्टिकोण, योजना, कार्यदक्षता र नेतृत्वक्षमताले उनको टीमको जीतको आधार सबल बनाएको बताइन्छ । उनी खस्कँदो हस्तकला व्यवशायलाई माथि उठाउने तथा पर्यटन प्रवर्द्धन गर्ने मुद्दा लिएर चुनावमा होमिएका छन्।

महर्जनले भने, मसंग भएको दृष्टिकोण, योजना, कार्यदक्षता र नेतृत्वक्षमता नै मेरो जित्ने आधार हो । मेरो प्यानलमा साथीहरू पनि निकै राम्रा र सम्भावना बोकेकाहरू हुनुहुन्छ । उहाँहरूकै सहयोगले मैले जित्छु ।’

व्यापार र उद्योगमैत्री वातावरण निर्माण गर्न र सबै तह र तप्काका उद्दमीहरुको हकहितमा स्पष्ट सोच र अडानकासाथ उभिन सक्ने र हरेक समस्याको रणनैतिक र सुझबुझपुर्ण निकास निकाल्न सक्ने क्षमताका कारण पनि प्रतिष्पर्धाको दौडमा उनी र उनको प्यानल अगाडि देखिएको व्यवसायीहरू बताउँछन् ।

ललितपुर उद्योग वाणिज्य संघलाइ एउटा जीवन्त, उर्जाशील र परिणाममुखी संगठनको रुपमा बिकास गरेर राष्ट्रिय, अन्तर्राष्ट्रिय सहकार्य प्रबर्द्दन गरी उद्योगी व्यवशायीहरुका लागी सम्भावनाहरुका र अवशरहरुका ढोका खोल्ने प्रतिबद्ताका कारण महर्जन लोकप्रिय छन् ।

देशकै पुरानो वाणिज्य संघको आसन्न ४४औं साधारण सभाले नयाँ नेतृत्व चयन गर्नेछ ।

१६ आश्विन २०८०