आहा ! तनहुँसुर (तस्वीरहरू)


हरिसिं गुरुङ तनहुँसुर, तनहुँ । २३ भाद्र २०८०
Tanahun Damauli

संस्कृत शब्द त्रितुङ्गको अर्थ तीन वटा चुचुरा भन्ने हुन्छ । तनहुँसुर तीन चुचुराहरू मिलेर बनेको छ । जसकारण त्रितुङ्गको अपभ्रंस भई तनहुँसुर नामाकरण भएको पाइन्छ ।

पाल्पाका राजा मणिमुकुन्द सेनले आफ्ना जेठा छोरा भृङ्गीसेनलाई तनहुँमा राज्य सञ्चालन गर्न पठाएको र उनीपछिका आठ पुस्ता सेनवंशी राजाले २३० वर्ष तनहुँसुरबाट राज्य सञ्चालन गरेको इतिहास रहेको छ ।

तनहुँसुरको सेनवंशी राजाको दरबार अहिले पनि देख्न सकिन्छ । तनहुँसुरबाट हिमशृङ्खला, महाभारत पर्वत श्रृङ्खला, कलेस्तीफाँट, चुँदीफाँट, गोरखा तथा कास्की जिल्लाका विभिन्न स्थान अवलोकन गर्न सकिन्छ ।

तनहुँसुरमा सेन वंशीय राजाले राज्य सञ्चालन गर्दाका तोप, दरबार, हतियार, भाषण गर्ने गद्दीचौतारो, कालिका मन्दिर, रानीले नुहाउने इनारलगायत अवलोकन गर्न सकिन्छ ।

कसरी पुग्ने ?
सार्वजनिक सवारी साधनमा दमौलीबाट घाँसीकुवा हुँदै १७ किलोमिटरको दूरीमा तनहुँसुर पुग्न सकिन्छ ।

२३ भाद्र २०८०