सिद्धार्थ रिभरसाइड रिसोर्टमा नि:शुल्क आँखा शिविर


टुरिजम पाना चुम्लिङटार । २२ भाद्र २०८०

सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीको आयोजनामा पृथ्वी राजमार्गमा रहेको सिद्धार्थ रिभरसाइड रिसोर्टमा नि:शुल्क आँखा शिविर सम्पन्न भएको छ ।

रिसोर्टका कर्मचारी र उनिहरूका परिवार साथै स्थानियहरुलाई लक्षित गरि आयोजना गरिएको शिविरमा करिब ५ दर्जन ब्यक्तिले आफ्नो आँखा परिक्षण गराएका थिए ।

भरतपुर आँखा अस्पतालको प्राविधिक सहयोगमा शिविर सन्चालन गरिएको रिसोर्टका म्यानेजर प्रमोद भट्टराईले जानकारी दिए । रिसोर्टमा करिब ५० जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।

चुम्लिङटारमा रहेको रिसोर्टमा २६ कोठा र ५ वटा सफारी टेन्ट रहेका छन् । स्विमिङ पुल र गार्डेन सहितको रिसोर्टमा पुर्वाधार थपेर चार तारे बनाउने तयारी समेत सुरु भएको छ ।

२२ भाद्र २०८०