उदाउँदो सूर्यलाई अर्घ दिएसँगै छठ पर्व सकिएको छ । विभिन्न विधि गर्दै विगत तीन दिन देखि मनाइएको यो पर्वको चौथो दिन आज बिहान उदाउँदो सूर्यलाई अर्घ दिँदै सम्पन्न भएको हो ।
तराईका महोत्तरी, धनुषा, सिराहा, सप्तरी, सुनसरी, मोरङ, सर्लाही, रौतहट, बारा, पर्सालगायत मिथिलाञ्चल सहित देशभरिका जलाशयमा व्रतीहरूले पारिवारिक सुख, शान्ति र समृद्धिको कामना गरेका थिए ।
गएको साँझ व्रतालुहरूले सँझिया अरघ दिएर सूर्यको उपासना गरेका थिए । उनीहरु छठ घाटमा रातभर जाग्राम बसेर आज उदाउँदो सूर्यलाई अर्घ्य दिई पर्व सम्पन्न गरेका हुन् ।
जनकपुरको गङ्गासागरमा व्रतालुहरूले सूर्य उपासना गरेका केही तस्बिरहरू: