जनकपुरमा छठको तयारी, झकिझकाउ गङ्गा सागर


आरती लम्साल जनकपुरधाम । २१ कार्तिक २०८१

मधेश प्रदेशको राजधानी जनकपुरधाममा यति बेला छठको रौनक छ। विभिन्न पोखरीहरू झकिझकाउ पारिएका छन् । जानकी मन्दिर नजिकै रहेको ऐतिहासिक गङ्गा सागर पोखरी पनि बेहुली झैँ सिँगारिएको छ । गङ्गा सागरमा छठि मैयाँको पूजा आराधना मात्र नभई राम जानकी विवाह पञ्चमीको समयमा मटकोर हुने गर्छ । जनकपुरधाम आउने पर्यटकहरू जानकी मन्दिरसँगै राम मन्दिर, गङ्गा सागर र धनुष सागर हेर्न पुग्ने गर्छन् ।
हरेक महिनाको पूर्णिमा तिथिमा पनि गङ्गा सागरमा स्नान गर्नेको घुइँचो लाग्ने गर्छ ।

 

 

२१ कार्तिक २०८१