दुर्घटनाग्रस्त मनाङ एयरको हेलिकप्टरमा पाँच जना मेक्सिकन नागरिक सवार छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार हेलिकप्टरमा ३ महिला र २ पुरुष रहेका छन् ।
क्याप्टेन सीबी गुरुङले उडान भरेको हेलिकप्टरमा पाँचै जना मेक्सिकन नागरिक सवार थिए ।
दुर्घटनाग्रस्त हेलिकप्टरमा सवार यात्रुहरुमा फर्नान्डो जी सिम्फुएनटेस् र स्माइल रिन्कोन पुरुष हुन् भने साब्ब्रिक्स गोन्जालेक्स, ओलाचुलुक्स गोन्जालेक्स र मारियाजोसे जी सेमेन्टस महिला हुन् ।
उनीहरुको अवस्थाबारे खुल्न बाँकी छ ।