मनाङ एयरको कल साइन ९ एन एन एमभी हेलिकोप्टर सोलुखुम्बुको लिखुपिके गाउँपालिकामा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ।
गाउँपालिका अध्यक्ष मिना कार्की बस्नेतले सोलुखुम्बु र रामेछापको सीमा क्षेत्र लाम्जुरा पासस्थित लिखुपिके-५ मा दुर्घटनाग्रस्त अवस्थामा हेलिकप्टर देखिएको पुष्टि गरिन् ।
‘लामजुरा पास क्षेत्रमा साथीहरुले हेलिकप्टर दुर्घटनाग्रस्त अवस्थामा देखेको जानकारी दिनुभएको छ’ उनले भनिन् ।
हवाई जहाजहरू लुक्ला विमानस्थल छिर्नेद्वार लाम्जुरा पास हो ।
सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको ९एनए-एमभी कलसाइन भएको हेलिकप्टर १० बजेर १ मिनेटपछि सम्पर्कविहीन भएको हो ।
हेलिकप्टरमा पाइटलसहित ६ जना यात्रु रहेको बताइएको छ ।
घटनाको विस्तृत विवरण आउन बाँकी छ ।