लण्डनमा हुने ‘हेल्दी सिटी समिट’मा मेयर बालेन सहभागी हुने


राजेन्द्र परियार लण्डन । १२ फाल्गुन २०७९

काठमाडौैं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साह यही मार्च १४ देखी १७ सम्म हुन लागेको हेल्दी सिटी समिटमा सहभागी हुन लण्डन आउने भएका छन् ।

विश्व स्वास्थ्य संगठन र ब्लूमबर्ग फिलान्थ्रोपिज बेलायती संस्थासंगको साझेदारीमा आयोजना गरीएको उक्त कार्यक्रममा बिश्वभरबाट आउने विभिन्न देशका मेयरहरुले आफ्नो धारणा व्यक्त गर्ने छन् ।

शहरहरू बढ्दै जाँदा, सहरी केन्द्रहरूमा बसोबास गर्नेहरूको स्वास्थ्य र कल्याण कसरी सुनिश्चित गर्ने फुड एण्ड हाइजिन लगायतका विषयमा पनि उक्त समिट हुन लागेको हो । काठमाडौैं महानगरपालिकाका मेयर साहको वैदेशिक भ्रमणको अनुमति मन्त्रिपरिषद् बैठकले स्वीकृत गर्नुपर्ने हुन्छ ।

कार्यपालिका बैठकले पारित गरेको मेयर शाहको भ्रमणसम्बन्धी प्रस्ताव मन्त्रिपरिषदमा पठाइने प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले जानकारी दिएका छन् । लण्डनको इस्टन स्थित सेन्ट प्यानक्रस रेनेसान्स होटल हुन लागेको उक्त समिटमा बिश्वभरबाट आफ्नो क्षेत्रको प्रतिनिधित्व गर्दै मेयरहरु उपस्थित हुने छन् ।

केही समयअघि उनी भ्रमणका लागि इन्डोनेसिया पनि पुगेका थिए ।

१२ फाल्गुन २०७९