मनै लोभ्याउने मानहुँकोट


सौगात खनिया तनहुँ । ८ कार्तिक २०७९
manahunkot, tanahu

पछिल्लो समय नयाँ पर्यटकीय गन्तव्यको रुपमा प्रख्यात छ, तनहुँको व्यास नगरपालिका–५ स्थित मानहुँकोट ।

जाडो मौसम शुरु भएसँगै यहाँ आन्तरिक तथा बाह्य पर्यटकको भिड बढ्छ । जाडो मौसममा मानहुँकोटमा बिहानै घाम लाग्ने भएकाले पर्यटक आकर्षित हुने गरेका छन् । सूर्योदयको दृश्यावलोकनकै लागि राति टेन्ट टाँगेर सुत्ने र बिहान सबेरै त्यहाँको मनोरम दृष्य हेर्न आउने पर्यटकको पनि कमी छैन ।

यसबाहेक यहाँको मुख्य आकर्षण बादल माथि दृश्यावलोकन पनि हो । मानहुँकोटबाट पाँच वटा हिमालको सुन्दर दृश्यावलोकन गर्न पाइन्छ । साथै दमौली बजार, मादी नदी, साँगे खोला, तनहुँ जलविद्युत्को ड्याम निर्माण स्थल एवं मनोरम दृश्यहरू यहाँबाट देखिन्छ ।

सिजनमा दैनिक सैयौँ पर्यटक आउने गरेका छन् । मानहुँडाँडाबाट दृश्यावलोकनका लागि आउने पर्यटकको सुरक्षालाई ध्यानमा राख्दै डाँडाको छेउमा रेलिङ निर्माण गरिएको छ ।

manahunkot, tanahu

८ कार्तिक २०७९